Rule 15
पेशेवार शिकारी अनुज्ञापत्र
१ नेपाल ‘‘ को पहाडी र तराई दुबै क्षेत्रमा लामो अवधिदेखि शिकार र यात्रा अभियान दलहरूको निमित्त आवश्यक सरसामानहरू समेत व्यवस्था गर्नमा अनुभवी तथा ऐन र सो ऐन अन्तर्गत बनेको नियमहरूको जानकारी भएको व्यक्तिलाई प्रमुखले अनुसूची(१ बमोजिमको दस्तुर लिई पेशेवार शिकारीको अनुज्ञापत्र दिन सक्नेछ ।
२उपनियम १ बमोजिमको अनुज्ञापत्र जारी भएको मितिले एक वर्षसम्म बहाल रहनेछ । यस किसिमको अनुज्ञापत्र लिन चाहने व्यक्तिले दरखास्त दिंदा सम्बन्धित काम गर्न सक्ने क्षमता र आफ्नो आर्थिकस्तर देखिने अन्य प्रमाणहरू पेश गर्नु पर्नेछ ।
३ प्रमुखले आवश्यक सम्झेमा उपनियम १ बमोजिम अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नुपर्ने थप शर्त र बन्देज तोकिदिन सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आत्मरक्षा वा शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाइते बनाएको वन्यजन्तुलाई भाग्नबाट रोक्नको लागि बाहेक अन्य कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।